७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘डुइङ विजनेश इन्डेक्स’ मा नेपाल ९४ औं स्थानमा, गतवर्ष भन्दा सुधार

७ कार्तिक २०७६, बिहीबार ०५:४७

कार्तिक ७, काठमाडौं ।  विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण) मा सुधार आएको जनाएको छ ।  विश्व बैंक समूहले १९० देशको अर्थतन्त्रको मूल्यांकन गर्दै जारी गरेको 'डुइङ बिजनेस २०२०' को रिपोर्टमा नेपाल ९४ औं स्थानमा परेको छ । गत वर्ष नेपाल १ सय १० ओउन स्थानमा परेको थियो ।


रिपोर्ट अनुसार विभिन्न १० वटा सूचकांक मध्ये नेपालमा ५ वटामा सुधार आएको र ३ वटामा गिरावट आएको छ । २ वटा सूचकांक भने स्थिर रहेको रिपोर्टमा उल्लेख छ । सर्वाधिक सुधार गर्ने २० राष्ट्रको सूचीमा भने नेपाल छैन । 

डुइङ बिजनेसमा मे २०१८ देखि मे २०१९ सम्मको अवस्थाको अध्ययन गरिएको थियो । विश्वव्यापी रुपमा बिजनेस गर्नका लागि ११५ वटा अर्थतन्त्रले सजिलो वातावरण बनाएको रिपोर्टमा उल्लेख छ । सबैभन्दा उल्लेख्य सुधार गर्नेमा साउदी अरेबिया, जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत र नाइजेरिया रहेका छन् । २६ अर्थतन्त्रलाई भने कम बिजनेस फ्रेन्डली भएको जनाइएको छ ।

कारोबार गर्नका लागि सजिलोको हिसाबले सूचकांक तयार पारिएको रिपोर्ट अनुसार न्युजल्याण्ड, सिगापुर, हङकंग, डेनमार्क क्रमश पहिलो देखि चौंथो नम्बरमा परेका छन् । चीन ३१ र  भारत ६३ औं स्थानमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा