७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी चौडा पार्ने काम रोकियो

८ कार्तिक २०७६, शुक्रबार ०४:४३

कात्तिक ८, बलेवा | भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । 

बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको अक्षेते पुग्ने खण्डको खहरे नजीकैको भिरमा चौडा पार्ने भनेर जिल्ला प्रशासनमा बसेको बैठकले सडक रोकेको थियो । तर एक महीनामा आधा काम पनि नभएपछि अहिले अलपत्रै जस्तो छ । लोकमार्ग आयोजना र ठेकेदार कम्पनीले एक महीनाभित्रै काम सक्ने दाबी गरेकामा अलपत्रै छाडेको हो । काम अलपत्र परेपछि सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । पैदल यात्री हिँड्न पनि सास्ती भएको स्थानीयवासीले बताए ।

लोकमार्गको खण्ड भए पनि जिल्लाका अधिकांश बासिन्दा यो सडक भएर पश्चिमतर्फ जानुपर्छ । “सबै राम्रो बाटो हिँडे पनि सदरमुकाम आइपुग्दा जोखिम मोल्नुपर्छ”, बडिगाड–२ का कमल पौडेलले भन्नुभयो, “प्रशासन र नेताहरुले पनि किन चासो राख्दैनन्, बुझ्नै सकिएन ।” हरेक दिन बिहान ०७:३० देखि ०९:३० बजेसम्म २ घण्टा र दिउँसो १०ः३० देखि बेलुकी ५ बजेसम्म सडक बन्द गराएर सडक चौडाको काम गरिएको थियो ।

उक्त कामबाट सोचेजस्तो उपलब्धि नभएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर रामप्रसाद सुवेदीले बताउनुभयो । “ठेकेदारले राम्रो काम गरेन, चाडपर्वमा जनताले झनै सास्ती पाउने भए भनेर रोकेका छौँ”, सुवेदीले भन्नुभयोे, “तिहारपछि प्रभावकारी काम गर्छौं ।” प्रजिअ लुकबहादुर क्षेत्रीले समेत कामको गति राम्रो नदेखेपछि चाडपर्वमा जनतालाई सास्ती नदिन निर्देशन दिएपछि काम रोकिएको बताउनुभयो । खहरे खण्डमा यहाँ ठूलो पहरा भएकाले अहिलेसम्म सडकको ट्र्याक मात्र छ । हिलो र पहरो भएकाले साना सवारी साधन ठोकिन्छन् । 

ठेक्का लिएको भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीका इन्जिनीयर मिहिर सिंहले भने काम एक महीनामा सक्ने दाबी गरेका थिए । अहिले भने उनीहरु काम छाडेर सम्पर्कविहीन भएका छन् । चाडपर्व मनाउन गएकाले उनीहरु तिहारपछि मात्र आउने सुवेदीले बताउनुभयो । यो खण्डमा वर्षौंदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि प्रजिअ क्षेत्रीले आयोजना प्रमुखलाई बोलाएर काम गर्न भन्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम