२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छः मुख्यमन्त्री पौडेल

२०७६, ८ कार्तिक शुक्रबार १२:१५

कात्तिक ८, हेटौडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन दिनुभयो । 

हेटौँडाको गौरीटार रङ्गशाला हाताभित्र निर्माणाधीन मैदानको अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले २०७६ सालभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान पाउने उल्लेख गर्नुभयो । मैदानको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने हुँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाससमेत हुने हुँदा रङ्गशाला तथा यसभित्रका संरचना निर्माण हुँदा स्थानीयले समेत चासो दिनुपर्ने धारणा राख्नुभयो ।

बाटो घाटो र पुल पुलेसोलाई मात्रै विकास देख्नु नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशको विकासका लागि स्तरीय रङ्गशालासमेत आवश्यक पर्ने धारणा राख्नुभयो । “यस मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने हो भने बाटो घाटो मात्र हैन, देशको मुहार नै फेर्न सक्छौँ”, उहाँले भन्नुभयो । 

अवलोकनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले निर्माणकार्यको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो