७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘नौ अर्ब घाटामा रहेको प्राधिकरण सात अर्ब नाफामा’

९ कार्तिक २०७६, शनिबार ०९:०७

कात्तिक ९, काभ्रे | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ ।

धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । आगामी वर्ष दश अर्ब नाफामा पुर्याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

“हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उहाँले भन्नुभयो, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उहाँले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उहाँले बताउनुभयो ।

उहाँले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पुर्याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पुर्याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पुर्याउने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेशश्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम