२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालद्वारा स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड

२०७६, १४ कार्तिक बिहीबार ०९:१४

कार्त्तिक १४, काठमाडौं । नेपालले स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूटी शेर्पा तथा अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भएको भेटवार्तामा उक्त कुरामा जोड दिइएको हो ।


जमलस्थित चेम्बर सचिवालयमा आज भएको कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोवलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसर तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।

त्यसैगरी अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए। दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाई सहजीकरण गर्ने उनले बताए।

नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी बढाउन, द्विपक्षीय वाणिज्य सम्बन्ध, भ्रमण आदानप्रदान लगायत बढाउन जोड दिने दाहालले बताए। नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवद्र्धन गर्न सिधा हवाई सेवाको मूर्तरूपमा काम गर्न सरोकारवालासँग छलफल गर्ने उनले बताए।

चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, हल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरूको प्रवद्र्धन गर्न आर्थिक कूटनीति सक्रिय हुनुपर्ने उनले बताए। स्पेनका संभाव्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफि निर्यातका लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोनाबीच सोझै हवाई सम्पर्क राख्न पहल गर्न राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे।

चेम्बरमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८ सय ४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ। जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२ लाख ७० हजार अमेरिकी डलर बराबर आयात भएको तथ्याङ्क छ। त्यस्तै, गत वर्ष नेपालबाट स्पेनमा २७ लाख ८३ हजार अमेरिकी डलरबराबर निर्यात भएको थियो।

नेपालले स्पेनतर्फ विशेषगरी तयारी पोसाक, गलैँचा, हस्तकलाका सामग्री निर्यात गर्दैै आएको छ भने स्पेनबाट मेसिनरी पार्टपुर्जा, मेडिकल उपकरण तथा पेयपदार्थ आयात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा