७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालद्वारा स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड

१४ कार्तिक २०७६, बिहीबार ०९:१४

कार्त्तिक १४, काठमाडौं । नेपालले स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूटी शेर्पा तथा अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भएको भेटवार्तामा उक्त कुरामा जोड दिइएको हो ।


जमलस्थित चेम्बर सचिवालयमा आज भएको कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोवलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसर तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।

त्यसैगरी अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए। दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाई सहजीकरण गर्ने उनले बताए।

नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी बढाउन, द्विपक्षीय वाणिज्य सम्बन्ध, भ्रमण आदानप्रदान लगायत बढाउन जोड दिने दाहालले बताए। नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवद्र्धन गर्न सिधा हवाई सेवाको मूर्तरूपमा काम गर्न सरोकारवालासँग छलफल गर्ने उनले बताए।

चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, हल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरूको प्रवद्र्धन गर्न आर्थिक कूटनीति सक्रिय हुनुपर्ने उनले बताए। स्पेनका संभाव्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफि निर्यातका लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोनाबीच सोझै हवाई सम्पर्क राख्न पहल गर्न राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे।

चेम्बरमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८ सय ४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ। जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२ लाख ७० हजार अमेरिकी डलर बराबर आयात भएको तथ्याङ्क छ। त्यस्तै, गत वर्ष नेपालबाट स्पेनमा २७ लाख ८३ हजार अमेरिकी डलरबराबर निर्यात भएको थियो।

नेपालले स्पेनतर्फ विशेषगरी तयारी पोसाक, गलैँचा, हस्तकलाका सामग्री निर्यात गर्दैै आएको छ भने स्पेनबाट मेसिनरी पार्टपुर्जा, मेडिकल उपकरण तथा पेयपदार्थ आयात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह