२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४० नकटी नेपालमै बसेर रमाउने दिन ल्याउनु पर्दछः जिफन्ट अध्यक्ष श्रेष्ठ

२०७६, १८ कार्तिक सोमबार ०७:२५

कात्तिक १८, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपाली युवाले ४० बर्ष नकटी मुलुकभित्रै रमाउने दिन ल्याउनु पर्नेमा जोड दिएका छन् । उनले स्वदेशमा नै श्रम र सीप खर्च गरिएमा मुलुकको विकास हुने भन्दै यसतर्फ ध्यान पुग्नुपर्ने धारणा राखेका छन् । 

बैदेशिक रोजगारमा जाने नेपालीलाई सूसुचित गर्ने उद्धेश्यले आइएलओ, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ(आइटीयूसी) सँगको सहकार्यमा जिफन्टले सञ्चालन गरिरहेको www.recruitmentadvisor.org/ne वेभसाइटका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारले मुलुकमा निम्त्याएको सामाजिक, साँस्कृतिक विचलनका बारेमा पनि उत्तिकै छलफल हुनु आवश्यक रहेको धारणा राखे ।


यसैगरी उनले बैदेशिक रोजगारका नाममा नेपालीले नै नेपालीलाई ठग्ने काम रोकिनु पर्ने बताए । उनले यो जिफन्टको चासोको विषय रहेको भन्दै गन्तव्य मुलुकमा पुगेपछि त्यहाँ नेपाली श्रमिकको अधिकार रक्षा अर्को महत्वपूर्ण चासोको विषय भएको बताए । 

जिफन्ट अध्यक्ष श्रेष्ठले यसैगरी वैदेशिक रोजगारबाट फर्केकाहरुले ल्याउने सीप र पुँजीलाई कसरी मुलुकमा सदुपयोग गर्न सकिन्छ र स्वदेशमा गरिने कामलाई कसरी मर्यादित बनाउन सकिन्छ भनेर यूनियनले प्राथमिकताका साथ काम गर्न धारणा राखे ।

www.recruitmentadvisor.org/ne ले ठगि गर्ने मेनपावर कम्पनीहरुलाई निरुत्साहित गर्ने लक्ष्य राखेको जानकारी गराए । उनले वैदेशिक रोजगारसँग सम्वन्धीत समस्या शुन्य बनाउन मुस्किल रहेपनि त्यसलाई कमगर्न सकिन्छ भन्दै त्यसका लागि जिफन्टले विभिन्न देशका ट्रेड यूनियनहरुँग सहकार्य गरिरहेको जानकारी दिए । उनले हङकङ, दक्षिण कोरिया, मलेसिया, जोर्डन लगायतका मुलुकका स्थानीय ट्रेड यूनियनहरुसँगको सहकार्यमा नेपाली श्रमिकको अधिकार रक्षाका लागि गरिएका पहलका बारेमा सो अवसरमा जानकारी दिए ।   


कतिपय नेपालीले सुचनाको अभावमा दुःख पाइरहेको भन्दै वैदेशिक रोजगारका बारेमा जानकारी दिने वेभसाइट उपयुक्त थलो रहेको धारणा राखे । उनले विभिन्न क्षेत्रसँगको सहकार्यमा जिफन्टले बढीभन्दा बढी नेपालीलाई सो वेभसाइटका बारेमा जानकारी दिने लक्ष्य राखेको भन्दै सहयोगका लागि आग्रह पनि गरे ।   

सो अवसरमा बोल्दै वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष उत्तम  अधिकारीले सो वेभसाइटमा कम रेटिङमा पर्ने मेनपावर कम्पनीहरुलाई राज्य प्रणालीबाट कुनै रुपमा निरुत्साहित गर्ने नीति बनाउन जिफन्टले घच्घच्याउनु पर्ने बताए । उनले मेनपावर कम्पनी तथा विदेशस्थीत कम्पनीहरुको अन्यायमा परेका नेपालीहरुलाई पनि सहयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे । 

अध्यक्ष अधिकारीले आफ्नो संस्थाले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा ऋण दिलाउन खेलेको भूमिकाको पनि चर्चा गरे । उनले वैदेशिक रोजगारबाट फर्केकाहरु लाई संगठित गर्दै उनीहरुलाई नेपालमा नै कुनै उद्यम गर्न प्रेरित गर्नु आफ्नो संस्थाको उद्धेश्य रहेको पनि जानकारी गराए । 

सो अवसरमा बोल्दै जिफन्टका महासचिव जनक चौधरीले आफूले वैदेशिक रोजगारका क्रममा भोगेको भोगाई सवैले सवै ठाउँमा भन्न सम्भव पनि नहुने भन्दै बैदेशिक रोजगारमा जाने तयारीमा रहेकाहरुलाई जानकारी दिन पनि आफ्नो अनुभवका आधारमा मेनपावर कम्पनीको समिक्षा गर्न र यसका बारेमा अरुलाई पनि जानकारी गराउन आग्रह गरे । उनले कतिपय देशको शासन प्रणालीका कारण सवै मुलुकमा जिफन्टको उपस्थीति उस्तै नहुने भन्दै तर सम्भव भएसम्म बढी मुलुकमा त्यहाँ कार्यरत नेपाली श्रमिकलाई संगठित गर्दै सेवा दिने प्रयास भइरहेको जानकारी गराए । 

कार्यक्रममा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेविया, मलेसिया, अफगानिस्तान लगाउयका मुलुकमा रोजगारी फर्केकाहरु तथा हाल पनि त्यहाँ कार्यरत ५० जनाभन्दा बढी श्रमिकको सहभागिता रहेको थियो ।    

जिफन्टले सन् २०१६ देखि सो वेभसाइटमा नेपालबाट सहकार्य गर्दै आएको छ । सो वेभसाइटमा नेपाल लगायत ईण्डोनेशिया तथा फिलिपिन्सका मेनपावर कम्पनीहरुको सूचि राखिएको छ जसको स्वयं ति संस्थाबाट सेवा लिएका श्रमिकले नै समिक्षा गर्ने गर्दछन् जसका आधारमा ति मेनपावर कम्पनीहरुको स्तर निर्धारण( स्टार रेटिङ) हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो