२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा योजनामा ल्याईन्छ: श्रममन्त्री, यादव

२०७६, ११ मंसिर बुधबार ०८:४६

मंसिर ११, काठमाडौँ | श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजना कार्यन्वयनले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा योजनाले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न सहयोग पुग्ने बताए ।

 अौपचारिक क्षेत्रबाट शुरु भएको योजनालाई अनौपचारिक क्षेत्र र स्वरोजगार लाई समेट्दै लगिने मन्त्री यादवले  बताए । सबै रोजगारदाता र श्रमिक कोषमा आवद्ध भइ सुरक्षित भविष्यको सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । राजधानीको भृकुटीमण्डपमा सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा दिवसलाई भव्यरुपमा मनाईएको हो । 

कोषमा हालसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदान रकम संकलन भइसकेको उनले बताए । हालसम्म ६९ जिल्लाका रोजगारदाता तथा श्रमिक सुचिकृत भएको कोषले जनाएको छ । पहिलो चरणमा औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने र दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने गरि काम गरिएको ज्ञवालीले बताए।

गत वर्ष मंसिर ११ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले ‘नयाँ युगको शुरूवात’का रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । सरकारले सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने