मंसिर ११, काठमाडौँ | यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसगँको बैठकमा टुटल पठाओलाई नरोक्न भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् |
कानुन नबनुन्जेल थास्थितमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए | विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएको थियो |
त्यस्तै मंगलबार ट्याक्सी व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै सरकारले टुटल पठाओजस्ता सेवालाई संरक्षण गरे सरकारसँगै लड्न तयार भएको चेतावनी दिएका थिए |