२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा योजना : प्रदेश नं ३ बाट सबैभन्दा बढि श्रमिक सूचीकृत

२०७६, ११ मंसिर बुधबार ११:२४

मङ्सिर ११, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै १ लाख १६ हजार श्रमिक योजनामा सहभागी भएकामध्ये प्रदेश नं ३मा बढी श्रमिक देखिएका छन्। 

मङ्गलबारसम्म कोषमा १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। त्यस्तै १० हजार ४ सय ७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन्। कोषमा १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ। 


सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन्। सो प्रदेशबाट ८७ हजार २ सय ४२ श्रमिक सूचीकृत भएको पाइएको छ। त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७ सय ३५, प्रदेश नं २ बाट ६ हजार ८ सय ५२, गण्डकी प्रदेशबाट ३ हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। 

यस्तै प्रदेश नं ५ बाट २ हजार २ सय ७ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिक सूचीकृत भएका छन्। सो प्रदेशबाट अहिलेसम्म जम्मा १ सय ५० श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशबाट ४ सय ९ श्रमिक कोषमा आबद्ध भएका छन्। 

यसैगरी प्रदेश नं ३बाट सबैभन्दा बढी ७ हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १ सय ५वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन्। प्रदेश नं १ बाट १ हजार ७ सय ६, प्रदेश नं ५बाट ६ सय १०, गण्डकी प्रदेशबाट ४ सय ८७, प्रदेश नं २ बाट ४ सय १३ र सुदूरपश्चिम प्रदेशबाट १ सय १० प्रतिष्ठान सूचीकृत भएको कोषले जनाएको छ। 

हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने