२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैदेशिक रोजगारीबाट फर्किनुभयो ? सहुलियत कर्जा नपाए अर्थमन्त्रीलाई इमेल गर्नुस्

२०७६, ११ मंसिर बुधबार ११:५८

मङ्सिर ११, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित सहुलियत कर्जाका लागि व्याज अनुदान सम्बन्धि (दोश्रो संसोधन) कार्यविधि २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बैंकहरुसंग भएको समझदारी घोषणा सभामा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।


‘यदि कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्नुहोस्, म कारबाही गर्छु,’ खतिवडाले भने 'देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुन्छ ।'

कर्जा प्रवाह गर्ने सस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्नेमा जोड दिंदै खतिवडाले आयमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन दिए । उनले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुलस्तरबाट नै व्यवासयिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।

उनले बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

७ प्रकारका क्षेत्रमा दिने सहुलियत कर्जामध्ये पनि सरकारले बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरि गतवर्ष पुषमा नै आवेदन संकलन गरेको थियो । सो बेलामा १८ हजार भन्दा धेरै विदेशबाट फर्किएका श्रमिकले सहुलियत कर्जा माग गरि निवेदन दिएका थिए तर निवेदन दिनेहरुले सरकारले भनेजस्तो गरि बैंकबाट सहुलियत कर्जा नपाएको गुनासो गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो