मंसिर १२, काठमाडौँ | बिहिबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७ सयमा कारोबार भइरहेको छ |
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | बुधबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य रु ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |