७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरियामा आर्थिक मन्दी,कामदारको माग घट्यो

१३ मंसिर २०७६, शुक्रबार ०६:४७

मंसिर १३, काठमाडौँ | विगत धेरै बर्ष देखि नेपालीहरुको रुचिमा पर्न सफल भएको बैदेशिक रोजगारीको आकर्षक केन्द्रबिन्दु दक्षिण कोरियामा आर्थिक मन्दी लाग्ने भएको छ | जसको असर नेपालमा पनि पर्ने भएको छ | कोरियामा औद्योगिक क्षमता कमजोर हुँदै गएको  छ भने निर्यात घटेको छ | जसलेगर्दा नेपाली कामदारको माग कम  हुँदै गएको छ | रोजगार अनुमति प्रणाली (ईपीएस मार्फत सन् २००८ देखि नेपाली कामदार लाग्दै आएको छ |

कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छाएको छ | कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ |

कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ | त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ |

कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी