मंसिर १५, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ३४ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ |