७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरुको खातामा निक्षेप जम्मा गर्नेको पनि ३ पुस्ते विवरण चाहिंने, यस्तो छ नयाँ सिस्टम

२७ मंसिर २०७६, शुक्रबार १०:५९

मंसिर २७, काठमाडौं | अब कसैको बैंक खातामा रकम जम्मा गर्दा आफ्नो ३ पुस्ते विवरण भर्नुपर्ने भएको छ | सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्यिसल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियम अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिइसकेको छ |

०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुले र ०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुले गोएएमएल सफ्टवेर राख्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ | उक्त सफ्टवेर राखेपछि कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण र आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र राख्नुपर्ने भएको हो |

राष्ट्र बैंकले गोएएमएल लागू नगर्नेलाई कारवाहीको दायरामा ल्याउने समेत घोषणा गरिसकेको छ | सन् २०२० मा एफएटीएफले नेपालको समीक्षा गर्दैछ जस्कालागी सरकारले कम्प्लाइन्समा कडाइ गर्दै छ | गोएएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको एकप्रकारको सम्पती शुद्धिकरण सम्बन्धी सफ्टवेयर हो | जुन सिस्टम विश्वका सबै देशहरुको बैंकिङ क्षेत्रमा लागू गरिएको छ | राष्ट्र बैंकले नेपालमा २ वर्ष अगाडि देखिनै लागू गर्ने तयारीमा थियो |

आफ्नो तयारी पुरा गरी सकेपछि राष्ट बैंकले समय नै तोकेर बैंक तथा वित्त कम्पनीलाई उक्त सिस्टम लागू गर्न निर्देशन दिएको छ | राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले तोकेको समय सीमाभित्र गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ देखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने बताएका छन् |

यो व्यवस्था बैंकिङ क्षेत्रको विकास र शुरक्षाका लागि अत्यन्तै आवश्यक रहेको उनले बताएका छन् | उक्त प्रणाली लागु भएपछि राष्ट्र बैंकले आफ्नो मातहतका सबै बैंक तथा वित्त कम्पनीहरुको कारोबारको विवरण स्यमः हेर्न सक्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी