मंसिर २९, काठमाण्डौ | आज आइतबार सुनको भाउ शुक्रबारको तुलनामा रु ५०० ले बढेको छ | आज छापावाल सुको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार कायम रहेको महासंघले जनाएको छ | आज चाँदीको मूल्य प्रतितोला रु ८ सय ४५ मा कारोबार भइरहेको छ |