पुष २, काठमाण्डौ | आज बुधबार पनि सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा रु एक सयले बढेर प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको मूल्य भने स्थिर रहेको छ | चाँदीको मूल्य प्रतितोला रु ८ सय ५० मा कारोबार भइरहेको छ |