२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको कुडुले चोकदेखि काठेखोला जाने सडक कालोपत्रे गर्न शुरु

२०७६, ४ पुष शुक्रबार ०१:५०

पुष ४, बाग्लुङ | क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । 

कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको प्रदेशसभा सदस्य सापकोटाले जानकारी दिनुभयो । 

“क्षेत्रीय चक्रपथलाई कालोपत्र गर्ने गरी काम थालेका छौँ”, उहाँले भन्नुभयो, “कालोपत्रेसँगै जनताको जीवनस्तरमा समेत परिवर्तन आउनेछ ।” दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्ट्रक्सन प्रालिले जिम्मा पाएको निर्माण कम्पनीका साइड इञ्चार्ज रविन चपाईले जानकारी दिनुभयो । कात्तिक २ गते ठेक्का सम्झौता गरी अहिले धमाधम निर्माण कार्य शुरु गरेको चपाईको भनाइ छ । उहाँले काममा अवरोध नभए ठेक्का अवधिमै कालोपत्र सक्ने बताउनुभयो । 

चपाईका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने, एक मिटर नाली निर्माण र ५.५ मिटर चौडा सडक कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरे पनि दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडुलेमा भएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ । ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले आजित भएका स्थानीयवासीलाई सडक कालोपत्र भएपछि राहत हुनेछ । 

गण्डकी प्रदेश सरकारको ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक रहेका छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने