पुस ६, काठमाडौँ | निजगढ विमानस्थलका लागि रुख नकाट्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ | विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले आदेस जारी गरेको हो |
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले आइतबार उक्त आदेश दिएको छ | विमानस्थल निर्माणका क्रममा आवश्यकता भन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षेत्री लगायतले मंसिर १७ गते रीट दर्ता गरेका थिए |
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यो बिषयमा थप रिट पनि परेको भन्दै सबै रिटहरुलाई एकैसाथ राखेर सुनुवाइ गर्न र रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी भएको हो |
यसअघि अदालतले सरकारको तर्फबाट लिखित जवाफ पेश गर्न आदेश दिएपनि सरकारले अझैसम्म अदालतमा लिखित जवाफ पेश गरेको छैन |