पुस ८, काठमाण्डौ | आज मंगलबार पनि सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा आज रु ३ सयले बढेर प्रतितोला छापावाल सुन ७२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ९ सय कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको मूल्य पनि बढेको छ | सोमबारको तुलनामा आज रू १५ ले बढेर चाँदीको मूल्य प्रतितोला रु ८ सय ७५ मा कारोबार भइरहेको छ |