पुस १०, काठमाण्डौ | आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुन ७२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको मूल्य भने बढेको छ | बुधबारको तुलनामा आज रू ५ ले बढेर चाँदीको मूल्य प्रतितोला रु ८ सय ९० मा कारोबार भइरहेको छ |