७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्सको बोइङ ६५ करोडमा बिक्रि हुदै

१० पुष २०७६, बिहीबार ०७:४१

पुस १०, काठमाडौँ | नेपाल एयरलाइन्सको बोइङ ६५ करोडमा बिक्ने भएको छ | बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन् | योसँगै जहाजका लागि स्टक पाटपुर्जा पनि किन्नेले पाउने छ | ‘९एन-एसिबी’ नेपाली दर्ता नम्बर भएको गण्डकी नामको यो जहाजले हालसम्म ८९ हजार घण्टा उडिसकेको छ |

एयरलाइन्सको अन्तिम बोइङ किन्नका लागि एक कम्पनीले ५७ लाख १० हजार अमेरिकी डलर कबोल गरेको हो | एयरलाइन्सले बिक्रीका लागि सुरु गरेको बोल कबोलबाट एक कम्पनीले सबैभन्दा बढी कबोल गरेको छ |

जसमा तिन कम्पनि सहभागी छन् | २७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको थियो | परामर्शदाता नियुक्त गरेर जहाजको मूल्यांकनसहित एयरलाइन्सले गएको असारमा विश्वव्यापी टेन्डर आह्वान गरेको थियो | 

त्यसमा कोही पनि नआएपछि एयरलाइन्सले फेरि असोजमा टेन्डर प्रकाशित गर्यो यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको थियो | प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ। यही बोलकबोलमा एक कम्पनीले ५७ लाख डलर (करिब ६५ करोड रुपैयाँ) कबोल गरेको हो। कम्पनीको नाम भने अझै खुलाइएको छैन |

सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताएको थियो। सोहीअनुसार पहिलो र दोस्रो टेन्डर पनि निकालिएको थियो। यो पटक सुरू मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको थियो। तर त्यसमा बढाबढ गर्दा आधार मूल्यमा केही थपिएको छ |

एयरलाइन्सले यो जहाजबाट व्यावसायियक उडानमा लाभ घट्दै गएपछि विक्री गर्ने निर्णय गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी