२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्सको बोइङ ६५ करोडमा बिक्रि हुदै

२०७६, १० पुष बिहीबार ०७:४१

पुस १०, काठमाडौँ | नेपाल एयरलाइन्सको बोइङ ६५ करोडमा बिक्ने भएको छ | बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन् | योसँगै जहाजका लागि स्टक पाटपुर्जा पनि किन्नेले पाउने छ | ‘९एन-एसिबी’ नेपाली दर्ता नम्बर भएको गण्डकी नामको यो जहाजले हालसम्म ८९ हजार घण्टा उडिसकेको छ |

एयरलाइन्सको अन्तिम बोइङ किन्नका लागि एक कम्पनीले ५७ लाख १० हजार अमेरिकी डलर कबोल गरेको हो | एयरलाइन्सले बिक्रीका लागि सुरु गरेको बोल कबोलबाट एक कम्पनीले सबैभन्दा बढी कबोल गरेको छ |

जसमा तिन कम्पनि सहभागी छन् | २७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको थियो | परामर्शदाता नियुक्त गरेर जहाजको मूल्यांकनसहित एयरलाइन्सले गएको असारमा विश्वव्यापी टेन्डर आह्वान गरेको थियो | 

त्यसमा कोही पनि नआएपछि एयरलाइन्सले फेरि असोजमा टेन्डर प्रकाशित गर्यो यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको थियो | प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ। यही बोलकबोलमा एक कम्पनीले ५७ लाख डलर (करिब ६५ करोड रुपैयाँ) कबोल गरेको हो। कम्पनीको नाम भने अझै खुलाइएको छैन |

सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताएको थियो। सोहीअनुसार पहिलो र दोस्रो टेन्डर पनि निकालिएको थियो। यो पटक सुरू मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको थियो। तर त्यसमा बढाबढ गर्दा आधार मूल्यमा केही थपिएको छ |

एयरलाइन्सले यो जहाजबाट व्यावसायियक उडानमा लाभ घट्दै गएपछि विक्री गर्ने निर्णय गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो