पुस ११, काठमाण्डौ | आज सुनको मूल्य बढेको छ | आज बिहीबारको तुलनामा रु ५ सयले बढेर प्रतितोला छापावाल सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको मूल्य भने स्थिर रहेको छ | शुक्रबार चाँदीको मूल्य प्रतितोला रु ८ सय ९० मा कारोबार भइरहेको छ |