२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा तरकारी तथा फलफुल व्यापारबाट दैनिक ६ हजार आम्दानी

२०७६, १६ पुष बुधबार ०९:२१

सम्राट सिंह | पुस १६, बझाङ  | जिल्लाको सदरमुकाम चैनपुरमा तरकारी तथा फलफुल व्यापार गरी एक महिलाले लाखौँको आम्दानी गरिरहेकी छन । जिल्लाको बुंङगल नगरपालिका ६ थान्काडा घर भएकी दुर्गा देवी देवारले  तरकारी तथा फलफुल व्यापार गरी बार्षिक लाखौको आम्दानी गरिरहेकी हुन । 


३६ हजार लगानी गरेर देवारले एक ठेला निर्माण गरी चैनपुर बजारमा रहेका सबै सडकहरुमा तरिकारी तथा फलफुल बिक्री गर्दै आएकी छन । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफुल व्यापार नै बनिरहेको उनले ३ छोराहरु,श्रीमान र आफ्नो जिविकोपार्जन पनि यसै व्यापारबाट गर्दै स्थानिय व्यापारी लोकेन्द्र विकले बताए । बिहान तरकारी तथा फलफुल व्यापार गर्न बजार हिँडेकी देवार साँझपख नै डेरामा फर्किने गरेको उनको भनाइ छ ।

उनले व्यापार बाटै १५ बर्षिय जेठा छोरा पुष्कर देवारलाई जालपा माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन गराइरहेकी छन भने माइला छोरा केशव कक्षा ६ र कान्छा छोरा सुदिपलाई कक्षा  ३ मा बालमन्दिर निमाविमा अध्ययन गराउँदै आइरहेकी छन ।

देवारले बजार मुल्यभन्दा केहि सस्तोशुलभ तथा ताजा तरकारी तथा फलफुल सबैको घर आगनमा पु¥याउने गरेकी छन । कहिलेकाँहि श्रीमान गोपाल देवार र स्कुल बिदा भएको बेला छोराहरुले पनि तरकारी व्यापार गर्न सहयोग गर्ने गरेको दुर्गा देवारले बताइन् । उनले भनिन् व्यापारबाट दैनिक ६ हजार सम्मको आम्दानी हुने गरेको छ । उनले दैनिक व्यापारबाट आम्दानी भएको रकमले स्थानिय बजारबाट तरकारी र फलफुल खरिद गर्ने र फाइदा आएको रकम घरखर्च गर्ने गरेकी छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने