२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एटीएमबाट निकाल्न पाउने रकम बढ्यो, कति निकाल्न मिल्छ एकपटक ?

२०७६, १८ पुष शुक्रबार ०८:४७

पुस १८, काठमाडौँ | अब एटीएम कार्ड प्रयोग गरी एक पटक २५ हजार रुपैयाँ निकाल्न पाइने भएको छ | नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएको हो | यस अघि एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था थियो | एक दिनमा एकलाख १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ |

बिभिन्न ह्याकरहरुले बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो | बिहिबार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो |

एटीएमबाट कम रकम निकाल्न पाउने  व्यवस्थाले ग्राहकलाई असुविधा पुगेकोले अहिले बढी निकान पाइने बनाएको भुक्तानी प्रणाली विभागले जनाएको छ | राष्ट्र बैंकको निर्देशिका अनुसार प्रिपेड कार्डबाट न्यूनतम ५ सय र अधिकतम प्रतिकारोबार २५ हजार रुपैयाँसम्म निकाल्न मिल्छ |

यस्तै डेबिट कार्डबाट प्रतिकारोबार न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ निकाल्न मिल्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न मिल्छ | यसअघि एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्थ्यो ।

क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने