२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्नेमा सुरुङ मार्ग

२०७६, २० पुष आईतवार ०१:३७

पुष २०, नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ । 

नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको 'सम्भाव्यता अध्ययन' प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । यो सुरुङ मार्ग निर्माण ठूलो महत्वको रुपमा हेरिएको बताइएको छ ।

सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थामा अन्य स्थानमा पनि सुरुङ निर्माणको कार्यले क्रमश निरन्तरता पाउने बताइएको छ ।  

सरकारले सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा पनि सुरुङ निर्माणको  'सम्भाव्यता अध्ययन' सकेको छ भने दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको 'सम्भाव्यता अध्ययन' प्रतिवेदन तयार भईसकेको अवस्था छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । 

यता चीनका राष्ट्रपतिको भ्रमणमा टोखा-छहरे सुरुङ मार्ग निर्माणमा प्रतिबद्धता भई अध्ययनको लागि चीनको टोलीले केहि दिन अघि मात्र टोखामा अध्ययन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने