७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्नेमा सुरुङ मार्ग

२० पुष २०७६, आईतवार ०१:३७

पुष २०, नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ । 

नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको 'सम्भाव्यता अध्ययन' प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । यो सुरुङ मार्ग निर्माण ठूलो महत्वको रुपमा हेरिएको बताइएको छ ।

सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थामा अन्य स्थानमा पनि सुरुङ निर्माणको कार्यले क्रमश निरन्तरता पाउने बताइएको छ ।  

सरकारले सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा पनि सुरुङ निर्माणको  'सम्भाव्यता अध्ययन' सकेको छ भने दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको 'सम्भाव्यता अध्ययन' प्रतिवेदन तयार भईसकेको अवस्था छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । 

यता चीनका राष्ट्रपतिको भ्रमणमा टोखा-छहरे सुरुङ मार्ग निर्माणमा प्रतिबद्धता भई अध्ययनको लागि चीनको टोलीले केहि दिन अघि मात्र टोखामा अध्ययन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी