२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेलको भाडा नतिरे २५ हजार जरिवाना, कति चाहिन्छ रेल चालकको योग्यता ?

२०७६, २१ पुष सोमबार ०९:५९

पुस २१, काठमाडौँ | सरकारले रेलवे सम्बन्धमा व्यवस्था गर्न  बनेको विधयेक भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको छ | उक्त विधयेकमा यात्रुले भाडा नतिरी यात्रा गरेकामा २५ हजार जरिवाना गर्न सकिने प्रश्ताव गरिएको छ |

त्यस्तै स्टेसन प्रमुखले जरिवाना गराउन सक्ने र त्यसमा चित्त नबुझे निर्णय भएको ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था विधयेकमा छ | रेलवे संचालनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा बोर्ड गठन गर्ने,बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा रहने व्यवस्था विधयेकमा उल्लेख गरिएको छ |

कुनै व्यक्तिलाई चोटपटक लागे अवस्था हेरेर १ लाख,अंगभंग भई काम नलाग्ने भए प्रत्येक अंगको ५० हजार र घाउ खर्चबापत १ लाख ५० हजारसम्म, मृत्यु भएमा किरिया खर्च बापत २ लाख र क्षतिपूर्तिबापत ५ लाख, दुर्घटनामा व्यक्तिको सम्पत्ति हानि नोक्सानी भएमा ५ लाखसम्म दिने विधेयकमा उल्लेख छ |

त्यस्तै  रेलवेमा अवरोध वा आगजनी गरेर कसैको मृत्यु भएमा १० वर्षसम्म कैद र २ लाख रुपैयाँ जरिवनाको व्यवस्था गरिएको छ | रेलवे सेवालाई क्षति पुर्‍याए ७ लाखसम्म कैद र १ लाखसम्म जरिवाना,चालकले अनुमतिविना रेल चलाए ६ महिना कैद र ५० हजार जरिवाना,मादक पदार्थ वा लागू पदार्थ सेवन गरी रेल चलाए १ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान विधयेकमा छ |

त्यस्तै ल चालक र सहचालकको योग्यतासम्बन्धी व्यवस्थामा रेल चालक र सहचालकको अनुमतिपत्र प्राप्त गर्न कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने,रेलवे बोर्डबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरे वा ५ वर्ष सहचालकका रूपमा काम गरेको भए रेल चलाउन मिल्ने भनेर विधयेकमा व्यवस्था गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो