२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकसेवाद्वारा नासु पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन

२०७६, २३ पुष बुधबार ०७:४०

पुस २३, काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि विज्ञापन गरेको हो ।

आयोगले खुल्ला र समावेशीतर्फ पाँच सय ४८ जना माग गरेको छ । जसमध्ये आयोगको धनकुटा कार्यालयबाट ७४, जलेश्वर ८९, काठमाडौँ १४९, पोखरा ६३, वुटवल ८६, सुर्खेत ४३ र दिपायल ४४ जनाका लागि विज्ञापन गरेको छ ।

त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनतर्फ चार सय ३७ जनाका लागि विज्ञापन गरेको छ । ज्येष्ठता र कार्यसम्पादनतर्फ धनकुटा कार्यालयबाट ५८, जलेश्वर ८९, काठमाडौँ ९६, पोखरा ५३, वुटवल ६१, सुर्खेत ३५ र दिपायलबाट ४५ जना माग गरेको छ ।

त्यसैगरी कार्यक्षमता मुल्याँकनतर्फ दुई सय २१ जना मागका लागि माग गरेको छ । धनकुटाबाट २७, जलेश्वर ४६, काठमाडौँ ४६, पोखरा २८, वुटवल ३६, सुर्खेत १६ र दिपायलबाट २२ जना रहेका छन् ।

माघ १० गतेसम्म दरखास्त गर्न सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । सबै सेवाको लागि प्रथम पत्र अनिवार्य गरिएको छ जुन फागुन २४ गते परीक्षा हुनेछ । प्रथम पत्रमा पास हुनेहरु मात्र दोश्रो चरणको परीक्षमा सहभागी हुन सक्नेछन् । सबै समुहको लागि दोश्रो पत्रको परीक्षा मिति २०७७ बैशाख ११ गतेलाई तोकिएको छ ।

आयोगले यस पटकबाट पाठ्यक्रम परिवर्तन गरि तेश्रो पत्रलाई समेत लिखित बनाएको छ ।  यस पटकबाट न्याय, न्याय, कानून र सरकारी वकिलको लागि छुटै लिखित परीक्षा दिनुपर्नेछ जुन बैशाख १२ गते परीक्षा हुनेछ । त्यस्तैगरी प्रशासन, सामान्य प्रशासन र व्यवस्थापिका संसदका लागि वैशाख १२ गते, प्रशासन, लेखा र लेखा परिक्षणका लागि वैशाख १४ गते, प्रशासन राजस्व समुहको लागि वैशाख १५ गते र पराष्ट्र सेवा पनि लिनेहरुको लागि वैशाख १६ गते परीक्षा मिति तोकिएको छ । प्रत्येक थप समुहको लागि छुट्टै २ सय थप दस्तुर लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने