८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम बैंक स्थापना गर्ने सरकारको तयारी, युवालाई नेपाल भित्रै रोजगारीको अवसर

२३ पुष २०७६, बुधबार ०९:४०

पुस २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका छन् । श्रममन्त्री बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर आफ्नो ३ महिने कार्ययोजना सार्वजनिक गर्दै उनले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

श्रममन्त्रीले आफ्नो ३ महिने कार्ययोजनामा श्रम बैंक स्थापना गर्ने तयारी गरेपनि यस अघी स्थानीय तहले बैंकको अवधरणामा काम गरिसकेका छन् । गतवर्ष फागुनमा कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगार दिलाउनको लागि भन्दै श्रम रोजगार बैंकको स्थापना गरेको थियो । नगरपालिकाले २ सय ६० जनालाई पहिलो पटक औपचारिक रूपमा श्रममा लगाएको थियो । श्रम रोजगार बैंकका लागि आव ०७५।०७६ का लागि २ करोड ५० लाख रकम छुट्याएको थियो । रास्कोट नगरपालिका भित्र पूर्वाधार विकास निर्माणका लागि उक्त रकममा श्रम रोजगार बैंकमा आवद्ध भएका युवाहरूले रोजगारी पाएका थिए ।

श्रम बैंकबाट के काम हुन्छ ?

देशका ७ सय ७३ वटै स्थानीय तहका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारदातासम्म जोड्ने पुलको विकासका लागि श्रम बैंक स्थापना गर्ने तयारी गरिएको मन्त्री यावदले बताए । ‘हामी युवाहरुको इच्छाअनुसार उनीहरुलाई सीप तथा तालिममा सहभागी गराई दक्ष बनाउछौं। श्रमिकहरुको दक्षताका आधारमा उनीहरुको सम्पूर्ण तथ्यांक श्रम बैंकमा रहन्छ र आवश्यकताअनुसार श्रमिकहरु छनोट गरी रोजगारदाताहरुले लिन सक्ने छन्‚’ मन्त्री यादवले भने।

देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गरिन लागेको मन्त्री यादवले बताए । आउँदो तीन महिनाभित्र अध्ययन सक्ने र श्रमिक बैंकको स्थापना गरेर देशभरीका श्रमिकलाई बैंकमा जोडेर रोजगारी प्रदान गर्ने योजना रहेको मन्त्री यादवले बताए ।

बैंकमार्फत श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरिएको उनले बताएका छन् । बैंकमा जोडिएका श्रमिकले आफूले चाहेको आफ्नो इच्छा र चाहना अनुसारको रोजगारी छनोट गर्न पाउँछन् ।

बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न श्रम बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री यादवको भनाइ छ। सरकारले अदक्ष श्रमिकलाई विदेश पठाउन रोक्ने तयारी गरेको बताउंदै उनले त्यस्ता श्रमिकलाई सिप सिकाएर वैदेशिक रोजगारीमा जान सक्ने बनाउन समेत बैंकको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता