पुस २५, जनकपुरधाम | धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन गरेर तस्करी नगर्न भन्दै गएका एक युवकलाइ टिपरले किचेको छ | खोलामा जथाभावी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई बन्द गर्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेको हो |
उत्खाननको बिरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर मारेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ | महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए | उनको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ |
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | टिपर र चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ |