पुस २७, काठमाडौँ | आज आइतबार सुनको मूल्य बढेको छ | शुक्रबारको तुलनामा रु ६ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि बढेको छ |
शुक्रबारको तुलनामा रु ५ ले बढेर प्रतितोला ८ सय ९० कायम भएको हो |