२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा बोर्डका अध्यक्ष ढुङ्गानाको जोड

२०७६, २७ पुष आईतवार १३:००

पुष २७, काठमाडौँ | नेपालमा आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जोड दिएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरुसँगको भेटमा देशको ऐनाको रुपमा रहेका आर्थिक पत्रकारहरुको विकासमा जोड दिनुपर्ने बताएका हुन । पूँजीबजारका विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुदाँ जुन कुराले बजारको विकास र यससँग सम्वन्धित पक्षहरुको हित हुन्छ त्यसतर्फ ध्यान दिन अध्यक्ष ढुंगानाले आग्रह गरे । 

आफ्नो कार्यकालमा पूँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै उनले पूँजीबजारमा नयाँ औजारहरु थप गर्नुपर्ने आवश्यकता औल्याए । अन्योलमा रहेको कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाईसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पहिलानै सुल्झाईसक्नुपर्ने कमोडिटी मार्केटको विषय अव भने अल्झाएर नराख्ने उनले बताए ।


बोर्डका अध्यक्ष ढ्ंगानासँगको भेटमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले पूँजीबजारका विषयमा कलम चलाउने धेरै आर्थिक पत्रकारहरु रहेकाले उनिहरुको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे । पूँजीबजार र मुलुकका हितका निम्तिनै कलम चलाउने आर्थिक पत्रकारहरुलाई समन्वयको खाचो रहेको बताउँदै अध्यक्ष भट्टराईले बोर्डले निरन्तर सहयोग र समन्वय गर्नेमा आशाबादी रहेको बताए । शुक्रबारदेखि नयाँ अध्यक्षको रूपमा बोर्डको पदभार सम्हालेका ढुंगानालाई स्वागत तथा शुभकामना व्यक्त गर्न नाफिजका प्रतिनिधिहरु बोर्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने