२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्रीद्वारा सेयर लगानीकर्तालाई राम्रो कम्पनी खोजेर लगानी गर्न सुझाव

२०७६, २९ पुष मंगलवार १५:३१

पुष २९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई राम्रो कम्पनी खोजेर लगानी गर्न सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले राम्रो कम्पनी छानेर सेयर लगानी गर्दा नोक्सान व्यहोर्नु नपर्ने भन्दै कम्पनी छनौट नै सबैभन्दा महत्वपूर्ण कदम हुने बताएका हुन् ।


सेयर बजारमा पछिल्लो समय संरचनात्मक परिवर्तन भएको स्मरण गर्दै भने 'पहिला महिनौंसम्म सेयर बाँडफाँड नहुँने अवस्था थियो,सेयरको भरेको कागज घरमा मुसाले काट्ने अवस्थाबाट अहिले सेयर भर्न लाइन बस्नु पर्दैन,बाँडफाँड समेत छिटो हुन्छ।' दोहोरो करको विषय पनि आगामी बजेटदेखि सम्बोधन हुने क्रममा रहेको बताए ।

राम्रो कम्पनीमा लगानी गरे सो कम्पनीबाट प्राप्त हुने लाभांशले दालभात खान पुग्ने मन्त्री खतिवडाको भनाई छ । दीर्घकालीन लगानी गर्दा सेयर बजारबाट फाइदा हुने भन्दै बालुवाटारलाई गाली गर्नु नपर्ने उनले बताए ।

नियामक र संचालक विच कहिले कहीं ढाकढुक चल्नु स्वाभाविक हो, नियामकले नियम पालना गर्न खोज्छ, संचालकले आफु अनुकुल संचालन गर्न खोज्छ उनले भने ''काम गर्दा असहज छ, संचालकले नियमकलाई भन्नुपर्छ तर निर्देशन जारी भएपछि सोहि अनुरुप चल्नुपर्छ ।' 

कानूनमा समस्या छ, नियमनमा समस्या छ, आउनूस् बसौं छलफल गरौँ अर्थमन्त्री खतिवडाले भने ''निर्देशन जारि गर्नु भन्दा अगाडी नियामक निकायले ५ पटक छलफल गरूँ, व्यवहारिक बनाउं तर त्यसलाई जारी गरिसकेपछि कार्यान्वयन गरौँ त्यसो गरिएन भने पुजी बजारले गलत संकेत पाउँछ र यो पाउनु भनेको  गतिशील बजारलाई गुमराहमा राख्नु हो, त्यस्तो गर्नु हुँदैन ।"

उनले नेप्सेलाई अहिलेको कारोबार समय बढाउन समेत सुझाव दिए । उनले लगानीकर्तालाई साक्षर बनाउने काम धितोपत्र बोर्ड,नेप्से तथा ब्रोकरको भएको बताए । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको र सरकारी ऋणपत्रको कारोबार सूचिकृत गर्न समेत आग्रह गरे । १ खर्ब ६ अर्ब रुपैयाँको अनलाइन कारोबार भएको भन्दै नेप्सेले लगानीकर्ता सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ