८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्रीद्वारा सेयर लगानीकर्तालाई राम्रो कम्पनी खोजेर लगानी गर्न सुझाव

२९ पुष २०७६, मंगलवार १५:३१

पुष २९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई राम्रो कम्पनी खोजेर लगानी गर्न सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले राम्रो कम्पनी छानेर सेयर लगानी गर्दा नोक्सान व्यहोर्नु नपर्ने भन्दै कम्पनी छनौट नै सबैभन्दा महत्वपूर्ण कदम हुने बताएका हुन् ।


सेयर बजारमा पछिल्लो समय संरचनात्मक परिवर्तन भएको स्मरण गर्दै भने 'पहिला महिनौंसम्म सेयर बाँडफाँड नहुँने अवस्था थियो,सेयरको भरेको कागज घरमा मुसाले काट्ने अवस्थाबाट अहिले सेयर भर्न लाइन बस्नु पर्दैन,बाँडफाँड समेत छिटो हुन्छ।' दोहोरो करको विषय पनि आगामी बजेटदेखि सम्बोधन हुने क्रममा रहेको बताए ।

राम्रो कम्पनीमा लगानी गरे सो कम्पनीबाट प्राप्त हुने लाभांशले दालभात खान पुग्ने मन्त्री खतिवडाको भनाई छ । दीर्घकालीन लगानी गर्दा सेयर बजारबाट फाइदा हुने भन्दै बालुवाटारलाई गाली गर्नु नपर्ने उनले बताए ।

नियामक र संचालक विच कहिले कहीं ढाकढुक चल्नु स्वाभाविक हो, नियामकले नियम पालना गर्न खोज्छ, संचालकले आफु अनुकुल संचालन गर्न खोज्छ उनले भने ''काम गर्दा असहज छ, संचालकले नियमकलाई भन्नुपर्छ तर निर्देशन जारी भएपछि सोहि अनुरुप चल्नुपर्छ ।' 

कानूनमा समस्या छ, नियमनमा समस्या छ, आउनूस् बसौं छलफल गरौँ अर्थमन्त्री खतिवडाले भने ''निर्देशन जारि गर्नु भन्दा अगाडी नियामक निकायले ५ पटक छलफल गरूँ, व्यवहारिक बनाउं तर त्यसलाई जारी गरिसकेपछि कार्यान्वयन गरौँ त्यसो गरिएन भने पुजी बजारले गलत संकेत पाउँछ र यो पाउनु भनेको  गतिशील बजारलाई गुमराहमा राख्नु हो, त्यस्तो गर्नु हुँदैन ।"

उनले नेप्सेलाई अहिलेको कारोबार समय बढाउन समेत सुझाव दिए । उनले लगानीकर्तालाई साक्षर बनाउने काम धितोपत्र बोर्ड,नेप्से तथा ब्रोकरको भएको बताए । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको र सरकारी ऋणपत्रको कारोबार सूचिकृत गर्न समेत आग्रह गरे । १ खर्ब ६ अर्ब रुपैयाँको अनलाइन कारोबार भएको भन्दै नेप्सेले लगानीकर्ता सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी