२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्वका राम्रा र खराब पासपोर्टको सूची सार्वजनिक,कुन स्थानमा छ नेपाल ?

२०७६, १ माघ बुधबार ११:४७

माघ १, एजेन्सी | 'द हेन्ले पासपोर्ट सूचांक'ले विश्वकै राम्रा र नराम्रा  पासपोर्टको सूची सार्वजनिक गरेको छ | सिएनएनले जनाइए अनुसार विश्वकै पहिलो  पासपोर्टको पहिलो नम्बरमा जापान रहेको छ | जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो पहिलो भएको जनाइएको छ |

द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पारेको हो | जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले बताएको छ | त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ |

१८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन् | चौथोमा इटाली र फिनल्यान्ड (१८८ देश), पाँचौं स्पेन, लक्जेम्वर्ग र डेनमार्क (१८७), छैठौं स्विडेन र फ्रान्स (१८६), सातौं स्विटजरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रिया (१८५), आठौं अमेरिका, युके, नर्वे, ग्रिस र बेल्जियम (१८४), नवौं न्युजिल्यान्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अस्ट्रेलिया (१८३) र दसौंमा स्लोभाकिया, लिथुआनिया र हंगेरी (१८३) छन्।

नेपाल सबै भन्दा खराबकोको सुचिमा परेको छ | ४० भन्दा कम देश जान मिल्ने भएको भन्दै खराब सुचिमा राखेको छ | ३९ देश जान मिल्ने १०० औं नम्बरमा उत्तर कोरिया छ | यसपछि क्रमशः लिबिया (३७ देश), यमन (३३),  सोमालिया र पाकिस्तान (३२),  सिरिया (२९),  इराक (२८) र अफगानिस्तान (२६ देश) रहेको सिएनएनले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो