८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको रारामा जैविक विविधता संरक्षणको लागी पानी परियोजना लागु

१० माघ २०७६, शुक्रबार ११:५०

दान बहादुर बुढा | माघ १०, मुगु | नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य रारामा रहेको जैविक विविधता संरक्षणको लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाई राख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यस प्रति ध्यान दिई कार्यक्रम अगाडी बढाएको हो ।

कार्यक्रम अन्तरगत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायाँनाथ रारा नगरपाालीका वडा नं ९ मुर्मा गाउँ र खत्याड गाउँपालीका वडा नं १ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणको लागी बिभिन्न कार्यक्रम गर्ने छ । 

जसमा चोरी शिकारी दल गठन , नेचर गाईड टेनिङ्ग,रारा आसपासमा हुने फोहोर ब्याबस्थापन, सुकेका मुलहरुको उत्खनन गरी सुचारु लगायतका कार्यक्रम गरी  जैविवक विविधता सम्वद्र्धन र फोहोर ब्याबस्थाापनमा काम गर्ने  पानी परियोजनाले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै   रारा राष्टिय  निकुञ्ज मुगुका संरक्षण अधिकृत लाल बहादुर  भण्डारीले राराको सुन्दरता बचाई राख्न पानी परियोजनाले शुरुवाती गर्न लागेको कार्यक्रम महत्वपुर्ण भएकाले कार्यन्वय गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए । 

रारा आउने पर्यटकको सख्या पछिल्लो समय बढ्दै  गएकाले रारामा फोहोर ब्याबस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले  समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई बिभिन्न निकायले  सहकार्यका साथ काम गर्नु पर्नेमा अधिकृत भण्डारीको भनाई छ ।

यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर ब्याबस्थापनका लागी नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए । राराको जलधार संरक्षण र फाहोर व्यवस्थापनका लागी नगरपालिकाले घोडाको दिसा संकलन झोला,डस्बिन लगायतको ब्यबस्था गर्नेछ । नगरपालिकाका अनुसार पानी परियोजन  संग छायाँनाथ रारा नगरपालीकाले आबश्यक सहकार्य गरी जैविक विविधता सम्बद्र्धन गरी राराको ठोस फोहोर वस्तु ब्याबस्थापन गर्न सर्हकार्य गर्ने नगर प्रमुख शाहीले बताए ।

कार्यक्रम ११ महिना सम्म सञ्चालन हुने छ । यु एस आई डि पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक बिकास केन्द्र (के सि डि सी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरीने कर्णाली सामुदाायिक बिकास केन्द्र मुगुका संयोजक हरि बहादुर शाहीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी