२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको रारामा जैविक विविधता संरक्षणको लागी पानी परियोजना लागु

२०७६, १० माघ शुक्रबार ११:५०

दान बहादुर बुढा | माघ १०, मुगु | नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य रारामा रहेको जैविक विविधता संरक्षणको लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाई राख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यस प्रति ध्यान दिई कार्यक्रम अगाडी बढाएको हो ।

कार्यक्रम अन्तरगत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायाँनाथ रारा नगरपाालीका वडा नं ९ मुर्मा गाउँ र खत्याड गाउँपालीका वडा नं १ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणको लागी बिभिन्न कार्यक्रम गर्ने छ । 

जसमा चोरी शिकारी दल गठन , नेचर गाईड टेनिङ्ग,रारा आसपासमा हुने फोहोर ब्याबस्थापन, सुकेका मुलहरुको उत्खनन गरी सुचारु लगायतका कार्यक्रम गरी  जैविवक विविधता सम्वद्र्धन र फोहोर ब्याबस्थाापनमा काम गर्ने  पानी परियोजनाले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै   रारा राष्टिय  निकुञ्ज मुगुका संरक्षण अधिकृत लाल बहादुर  भण्डारीले राराको सुन्दरता बचाई राख्न पानी परियोजनाले शुरुवाती गर्न लागेको कार्यक्रम महत्वपुर्ण भएकाले कार्यन्वय गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए । 

रारा आउने पर्यटकको सख्या पछिल्लो समय बढ्दै  गएकाले रारामा फोहोर ब्याबस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले  समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई बिभिन्न निकायले  सहकार्यका साथ काम गर्नु पर्नेमा अधिकृत भण्डारीको भनाई छ ।

यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर ब्याबस्थापनका लागी नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए । राराको जलधार संरक्षण र फाहोर व्यवस्थापनका लागी नगरपालिकाले घोडाको दिसा संकलन झोला,डस्बिन लगायतको ब्यबस्था गर्नेछ । नगरपालिकाका अनुसार पानी परियोजन  संग छायाँनाथ रारा नगरपालीकाले आबश्यक सहकार्य गरी जैविक विविधता सम्बद्र्धन गरी राराको ठोस फोहोर वस्तु ब्याबस्थापन गर्न सर्हकार्य गर्ने नगर प्रमुख शाहीले बताए ।

कार्यक्रम ११ महिना सम्म सञ्चालन हुने छ । यु एस आई डि पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक बिकास केन्द्र (के सि डि सी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरीने कर्णाली सामुदाायिक बिकास केन्द्र मुगुका संयोजक हरि बहादुर शाहीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल