८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा कलभर्ट बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा

१२ माघ २०७६, आईतवार ०८:४७

माघ १२, कंचनपुर | भीमदत्त नगरपालिका–१३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ। वडा कार्यालयले  सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो।

“नालामा कलभर्ट निर्माण नहँुदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पु¥याउन सम्भव थिएन”, वडाध्यक्ष लालबहादुर शाहीले भने, “कलभर्ट बनेपछि सवारीसाधन सहज रुपमा बस्तीमा पुग्न थालेका छन्।” “नालामा कलभर्ट नहँुदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो”, स्थानीयवासी रमेश पन्तले भने,

“अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कलभर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो।” नालामा कलभर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजीकैको बस्तीमा बर्सातको पानीसमेत छिर्दैन।

नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो।  नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि शुरु गरिएको थियो ।  धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कलभर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन।

कलभर्ट निर्माण नहुँदा  २५ हजार प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ। प्रतिकट्ठा जग्गाको मूल्य हाल रु सात लाखभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी