२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँः अर्थमन्त्री

२०७६, १२ माघ आईतवार ११:३९

माघ १२, काठमाडौँ | सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने स्पष्ट पार्नुभएको हो । 

अर्थमन्त्री डा युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताउनुभएको हो । उहाँले सरकार नियमसङ्गत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि दुःख दिने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । 

राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उहाँले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । सरकार भन्सार राजश्वभन्दा पनि आन्तरिक राजश्व उठाउनेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो आन्तरिक राजश्व उठ्ने क्रम राम्रो छ, अन्तःशुल्क, भ्याट र आयकरको सङ्कलन राम्रो छ ।” 

उहाँले व्यवसायीलाई विकृति हटाउन र सामानको गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्दै तत्काल नै भन्सारको महसुल दर घटाउन नसकिने उल्लेख गर्नुभयो । अर्थमन्त्री खतिवडाले आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने बनाउने योजनामा सरकार लागेको जानकारी दिनुभयो । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व सङ्कलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताउनुभयो । 

भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उहाँले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राख्नुभयो । हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तरराष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको तथ्याङ्क छ । 

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाका प्रतिनिधिले भन्सार प्रशासन सुधारोन्मुख रहे पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्र्सका प्रतिनिधिले भन्सार प्रशासनमा उल्लेख्य मात्रामा सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले भन्सारमा सामानहरुको वर्गीकरण र मूल्याङ्कनमा समस्या रहेको गुनासो गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतीशकुमार मोरले ‘बल्क’ कार्गो आयातमा देखिएको समस्या निराकरण गर्न आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई व्यवसायीमैत्री बनाउन र कारोवार बैंकिङ प्रणालीमा हुने वातावरण बनाउन सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने