२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागढुङ्गा सुरुङमार्ग बन्दै, सुरुङ मार्गको ढुंगा-माटोले सिस्ने खोला पुरेर बसपार्क बनाईने

२०७६, १८ माघ शनिबार ०५:५३

सञ्चिता घिमिरे | माघ १८, काठमाडौँ | सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो । 

चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउने लगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पुहँच सडक निर्माण शुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । 

सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले आवश्यक तयारीको काम गरिरहेको पाइएको छ ।”

निर्माणस्थलमा झण्डै ८० जनशक्ति कार्यरत छन् । तीमध्ये कतिपय नेपाली र कतिपय चिनियाँ छन् । सुरुङ निर्माण नेपालका लागि नयाँ भएकाले विभागले तीन जना इञ्जिनीयर अनुभवका लागि पठाउने भएको छ । उहाँले भन्नुभयो, “त्यो अनुभव भविष्यमा हामी अरु स्थानमा सुरुङ बनाउनमा प्रयोग गर्न सक्छौँ ।”

निर्माणस्थल खाली गराउन विभागले समन्वयको काम गर्दै आएको छ । स्थानीयवासीलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानीलगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो । जग्गाका अधिकांश समस्या समस्या भइसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गुठीका नाममा जग्गा भएका स्थानीयवासीको मात्रै मुआब्जा बाँकी छ, उहाँहरुले आवश्यक कागजात ल्याएपछि त्यो टुङ्गो लाग्छ ।”

सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ । प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो । 

जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ मध्ये ४० महिना बाँकी छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच गत असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने महाशाखा प्रमुख थापाले बताउनुभयो । त्यस स्थानमा सयौँको सङ्ख्यामा सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने समस्या समाधानसँगै पेट्रोलियम पदार्थको बचत हुनेछ । 

स्रुरुङमार्गको ढुंगा-माटोले बास्पार्क र तरकारी भण्डारण केन्द्र 

निर्धारित अवधि निर्माण सम्पन्न गर्न पर्याप्त भएको विभागले बताउँदै आएको छ । सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुद ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । उहाँले भन्नुभयो, “केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।”

निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने प्रमुख थापाले बताउनुभयो । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने, सम्भव भएसम्मका उपकरण यहीको प्रयोग गर्ने बताएको छ । पेटी ठेक्कामार्फत सानासाना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने उहाँले बताउनुभयो । 

जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने