१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होराइजन अपार्टमेन्ट: दुनियाले देखेको बेथिति सरकारी निकायले देखेन

२२ माघ २०७६, बुधबार ०८:०८

माघ २२, काठमाडौँ | काठमाडौँको प्राय सबै ठाउँबाट नियाल्न सकिने यो टोखा नगरपालिकामा पर्ने धापासी हाइटको होराइजन अपार्टमेन्ट हो । तर यो कति खेर भत्कन्छ भन्न सकिन्न । 

हुन पनि यो अग्लो भवनमा २०७२ सालको महा-भूकम्पपछि बस्ननै नमिल्ने गरि भत्किएपछि 'झुल' हालेर राखिएको छ । यसका चारै दिशामा बसोवास छ, उनीहरुलाई यो अपार्टमेन्टले कतिखेर आएर थिच्छ कि भन्ने दिनरातको त्रास छ । निर्माण सम्पन्न भएको दुई बर्ष नबित्दै भूकम्पले चर्काएपछि यो भवनको भत्किएका भागबाट अझै पनि टुक्राटाक्री खसिरहन्छन् । 


यतिका समयसम्म पनि यो भवन नभत्कनुमा निर्माण कम्पनी र स्थानीय तथा माथिल्लो तहमा रहेका जिम्मेवार अधिकारीकै मिलिमतो रहेको आरोप स्थानीयको छ । स्थानीयलाई ११ तलाको भवन निर्माण गर्ने भनी भनेर सम्झौता समेत त्यसै अनुसार गरि यो भवन पछि १७ तलाको बनाईएको थियो । 

स्थानीयले बिभिन्न निकायमा गई निर्माण कम्पनी विरुद्ध बोल्दा कसैले उनीहरुको कुरा सुनुवाई गरेन । तात्कालिन गाविस अधिकारी तथा माथिका सरकारी अधिकारीलाई समेत घुष खुवाएर ११ तलाको बनाउने भएर १९ तलाको बनाएको स्थानीयले आरोप लगाउने गरेका छन् । स्थानीयले भूकम्पपछि क्षेतीग्रस्त बनेको अपार्टमेन्ट भत्किने त्रासले पटक पटक दवावमुलुक आन्दोलन पनि गरेका छन् तर प्रहरीको सहयोग र गुण्डाहरुको समेत सहयोगमा निर्माण कम्पनीले स्थानीयलाई दवाबमा राख्दै आएको छ । 

बस्न नमिल्ने भन्दै रातो स्टिकर टासिएको अपार्टमेन्टमा अझै पनि निर्माण कम्पनीले पुनर्निर्माण गर्ने दाऊ गरेको स्थानीयले बताउँछन् । एक स्थानीयले बताए 'उनीहरुसँग पावर छ, पैसा छ जे पनि गर्न सक्छन् तर हामी कुनै पनि हालतमा यो अपार्टमेन्ट यही स्थितिमा पुनर्निर्माण हुन दिदैनौं ।' 

यस सम्बन्धि गत बर्षको भिडियो रिपोर्ट हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी