८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्धनमा कर बढेपनि मूल्यन बढ्ने अर्थमन्त्रालयको दाबि

१६ फाल्गुन २०७६, शुक्रबार १०:२९

फागुन १६, काठमाडौँ | इन्धनमा कर बढाउँदा उपभोक्तालाई डिजेल तथा पेट्रोलको मूल्य नबढ्ने अर्थमन्त्रालयले जनाएको छ | मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने बताएको हो | समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई ध्यानमा राख्दा इन्धनको मूल्य नबढ्ने मन्त्रालयको दाबी छ |

जारी विज्ञप्तिमा भनिएको छ,‘निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको व्यहोरा सबैको जानकारीको लागि गराइन्छ |' अर्थमन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ मा नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार बिन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने व्यवस्था गरिएको थियो |

उक्त व्यवस्थाअनुसार नै सरकारको फागुन १२ गते निर्णयले नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको पूर्वाधार कर दरमा पुनरावलोकन गरिएको हो | समय–समयमा अन्तर्राष्ट्रिय र छिमेकी मुलुकको अवस्था हेरी व्यापारमा समस्या आउन नदिन यसअघि पनि करका दरहरूमा परिमार्जन गर्दै जनाइएको छ |

‘अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको प्रति ब्यारेल मूल्य क्रमिक रुपमा घट्दै गएको छ। नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू गरिए पनि खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्य समेतलाई आधार मानी मूल्य समायोजन गर्न जरुरत छ’, मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए