२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

२०७६, २८ चैत्र शुक्रबार १५:५३

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ । 

वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रदेशको १३ जिल्लामा क्रमशः वितरण गर्न कर्मचारीको ३ वटा टोली खटाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ । 

अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीको अनुपातलाई मध्यनजर गर्दै न्यूनतम २०० देखि ७०० सयसम्म कीट वितरण गरिने लक्ष्यसाथ प्याकिङ गरिएको र ती प्याकिङ वितरण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर वसन्त अधिकारीले बताउनुभएको छ । उहाँले केही कीट सामग्री कार्यालयमा राखिएको, आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको अनुपात बढ्दै गएमा उक्त कीट सामग्री तुरुन्तै उपलब्ध गराउने पनि जानकरी दिनुभयो । 

विरामीलाई चिकित्सकको निगरामीमा राखिने र थप संक्रमित विरामीको पहिचान भएमा आइसोलेसन र क्वारेन्टाइन कक्षको संख्या बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेशका सबै अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराउन बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले संघीय सरकारसंग गराउन माग गर्ने निर्णय भएको छ । 

हेटौँडामा आज अपराह्न सम्म ४ आइसोलेसनमा र १ जना क्वारेन्टाइनमा राखिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रविण श्रेष्ठले बताउनुभयो । आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको आजसम्ममा २५ जनाको ल्याब परिक्षण गरिएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । उहाँको अनुसार ३ जना विरामीको स्वाब परिक्षणको लागि कीटजन्य रोग अनुसन्धान तालिमकेन्द्र प्रयोगशाला हेटौँडामा पठाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो