१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्वारेन्टाइनमा डोको र स्विटर बुन्दै

२० बैशाख २०७७, शनिबार ०७:१९

वैशाख २०, रुकुम | भूमे गाउँपालिका वडा नं १ सिद्धचौर मावि लुकुममा बनाइएको क्वारेण्टाइनमा बसेकाहरुले बाँसको चोया र ऊनबाट सामग्री तयार पार्न थालेका छन् । क्वारेन्टाइनमा बसेका पुरुषले डोको र महिलाले ऊनबाट टोपी तथा स्विटर बुन्ने गरेका छन् । देशका विभिन्न जिल्लाबाट उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेका उनीहरुले समयको सदुपयोग गर्दै क्वारेन्टाइनमै डोको र ऊनबाट बन्ने सामाग्री बनाउन थालेको वडा सदस्य नवीन्द्र पुनले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा दिनरात सुतेर  र बसेर कटाउन असजिलो भएपछि हाते सामग्री निर्माण गर्दै दिन कटाउन थालेको उहाँले बताउनुभयो । 

आफँहरु क्वारेन्टाइनमा बसे पनि घरका अन्य सदस्यलाई चोया र ऊन ल्याउन लगाएर डोको र ऊनबाट बन्ने सामग्री बनाउने गरेको क्वारेन्टाइनमा बस्नुभएका ज्ञानु पुन मगरले बताउनुभयो । दैनिक डोको बुन्ने, स्विटर, टोपीलगायत सामग्री बनाउँदै गर्दा दिन काट्न सजिलो भएको र समयको सदुपयोग  भएको उहाँले जानकारी दिनुभयो ।   

क्वारेन्टाइनमा खानपिन, सरसफाइ, स्वास्थ्य जाँच, सुरक्षालगायत व्यवस्थापन राम्रो भएको उनीहरुले बताएका छन् । वडाध्यक्षसहित पाँच सदस्यले क्वारेन्टाइन व्यवस्थापन र अनुगमन गर्ने कामको बाडँफाट गरेको वडा सदस्य पुनले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्यावस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टाइन महिला १४ र पुरुष १६  छन् । उनीहरुलाई यही वैशाख ११ गते क्वारेन्टाइनमा राखिएको थियो । 

हालसम्म मजदूरी तथा अध्ययनका सिलसिलामा देशका विभिन्न ठाउँमा गएका रुकुम (पूर्व) का एक हजार ४१ को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४३८ जना क्वारेन्टाइनमा छन् भने ६०३ होम क्वारेन्टाइनमा बसेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाका १४ विद्यालयमा ३८३, भूमे गाउँपालिकाका चार ठाउँमा ५३ र सिस्ने गाउँपालिकाको रुक्मिणी माविमा दुई गरी ४३८ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । 

पहिलो चरणमा जिल्लामा भित्रिएका १२९ को आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगिटिभ आएको छ । हाल आरडिटी कीट २९ थान बाँकी रहेकामा शङ्कास्पद भेटिएमा आरडिटी गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आरडिटी कीट कम भएकाले आवश्यक कीट प्रदेश सरकारसँग माग भइरहेको शर्माले जानकारी दिनुभयो ।

एम्बुलेन्स सञ्चालन 

रुकुम (पूर्व) मा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले चालक नियुक्त गरेसँगै एम्बुलेन्स सञ्चालनमा आएको हो । केही समय अगाडि प्रदेश सरकारले जिल्लालाई उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । रुकुम (पूर्व) मा एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी एम्बुलेन्स उपलब्ध गराइएको थियो । 

चालक नियुक्तिका लागि प्रक्रिया पुर्याएर नियुक्ति गरेसँगै एम्बुलेन्स सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल रुकुम (पूर्व) का मेडिकल सुपरिटेन्डेन्ट डा बद्र िबैदवारले जानकारी दिनुभयो । एम्बुलेन्सले आवश्यक परेका बिरामीलाई सेवा दिने गरेर २४ घण्टा नै तयारी अवस्थामा राखिएको डा बैदवारले बताउनुभयो ।

खाद्य डिपो नहुँदा समस्या

खाद्य कम्पनीको डिपो कार्यालय र कर्मचारी नभएपछि यहाँ चामल ढुवानी र बिक्रीवितरणमा समस्या भएको छ ।  नागरिकलाई लक्ष्य गरेर ठेक्कामार्फत यहाँ ल्याइएको चामल ठेकेदारले नै बेच्दै आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा चामल आपूर्ति गर्दै आएको छ ।

रुकुमकोट र तकसेरामा प्रत्येक वर्ष चामल पुग्ने गरे पनि सम्बन्धित निकायले खाद्य डिपो स्थापना र कर्मचारीे व्यवस्थापनमा ध्यान नपु¥याउँदा समस्या भएको स्थानीय नागरिकले गुनासो गरेका छन् । 

बाह्रै महिना पुग्ने गरी डिपोमा खाद्य हुनुपर्छ तर डिपो कार्यालय स्थापना नभएका कारणले आर्थिक वर्ष माघदेखि जेठ महिनासम्म ठेकेदारले चामल बिक्री गर्छन् । अन्य समयमा चामल खरीद गर्न समस्या हुने गरेको छ । यस वर्षका लागि गत फागुन २९ गतेदेखि  चामल आयात गरिएको राप्ती बहुसेवा कम्पनी प्रालिका प्रतिनिधि यज्ञप्रकाश मल्लले बताउनुभयो ।

डिपोका लागि एक सुब्बास्तरका कार्यालय प्रमुख, एक सहायक र एक  कार्यालय सहयोगीको दरबन्दी भए पनि १९ वर्षदेखि यहाँ कर्मचारी छैनन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खाद्य संस्थानको डिपो कार्यालय त्यहाँबाट हटेको हो ।  त्यसपछि डिपो स्थापना भएको छैन  । त्यसैले ढुवानी ठेक्का लिएका ठेकेदारमार्फत चामल बिक्री हुँदै आएको छ । 

चालु वर्षमा रुकुमकोटका लागि सात सय  र तकसेराका लागि पाँच सय क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । रुकुमकोटका लागि राप्ती  प्रालिले चामल ढुवानीको जिम्मा पाएको छ भने तकसेराका लागि एमबी बिल्डर्सले ठेक्का पाएको छ ।  राप्ती  प्रालिका प्रतिनिधि मल्लका अनुसार ४८० क्विन्टल चामल रुकुमकोटस्थित छिप्रिदहमा मौज्दात छ । 

मोटो चामल ३० किलोग्रामलाई रु एक हजार २१५ तथा  सोना मन्सुली र जापानी चामल ३० किलोग्रामलाई रु एक हजार ३००  निर्धारण गरेअनुसारकै मूल्यमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

तकसेराका लागि ३४० क्विन्टल ठेकेदारमार्फत पुर्याएर बिक्री भइरहेको छ भने पुथाउत्तरगंगाले खाद्य कम्पनीको चामल छुट्टै ३४० क्विन्टल खरीद गरेर सहुलियत मूल्यमा नागरिकलाई उपलब्ध गराएको छ । ठेकेदारमार्फत भएकाले निर्धारण गरिएको कोटाअनुसार भने  बिक्री भएको छैन ।

डिपोका लागि कार्यालय तथा कर्मचारी नहुँदा समस्या भएको रुकुम (पश्चिम) का निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । यहाँ डिपो र कर्मचारीको व्यवस्थापन नभएकाले स्थानीयवासी बाह्रै महिना खाद्य चामल पाउनबाट वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।

पटकपटक जिल्लाका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि  ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताउनुभयो । जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा कार्यालय तथा गाउँपालिका प्रतिनिधिसमेतको रोहरबरमा चामल ढुवानी गर्ने र बिक्री गर्ने गरिएको खड्काले जानकारी दिनुभयो । 

त्यसैगरी तकसेराका सन्दर्भमा पनि सम्बन्धित वडाका जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा ठेकेदार कम्पनीले चामल ढुवानी र बिक्रीवितरण गर्ने हुनाले उपभोक्ता नठगिने उहाँले बताउनुभयो ।  रुकुम (पूर्व) मा डिपो र कर्मचारी नभएपछि खाद्य कम्पनीको चामल ढुवानी तथा अरू व्यवस्थापन रुकुम –पश्चिम) शाखाले हेर्दै आएको छ । नयाँ जिल्ला रहेकाले विभिन्न समस्याका कारण डिपो कार्यालय स्थापना हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले बताउनुभयो । 

हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँसँगै थप भूमे–७ को धर्मशाला, पुथाउत्तरगंगा– १२ को कोल र सिस्ने –२ को नायगाडमा खाद्य डिपो कार्यालय स्थापनाका लागि गत वर्ष सिफारिस गरेर पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै