2026-09-03 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

असार १०, डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ ।

नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेका छन् । तुइनमा गाडी तार्नेदेखि भवनको जग खन्ने, व्यक्तिगत कुलो खन्नेलगायतका काममा प्रयोग गरिएको छ । जारी आवमा मात्रै डोजर प्रयोगवापतको रु ४४ लाख ७२ हजार रकम उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

केही दिनअघि मात्रै नगर उपप्रमुख चन्द्राकुमारी बोहोराको संयोजकत्वमा बसेको नगर राजश्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बारेमा बृहत् छलफल भएको थियो । उठ्न बाँकी रकमको विषयलाई लिएर सरोकारवाला पक्षले तीव्र आलोचना गरेका छन् । आगामी नगरसभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उपप्रमुख बोहोराले बताउनुभयो ।

नगरसभामा नाम सार्वजानिक गर्नुअघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठे नाम सार्वजानिक गर्ने उहाँको भनाइ छ । डोजरका लागि मात्रै नगरपालिकाले तीन कर्मचारी नियुक्ति गरेको छ ।

“नगरको डोजरको लाखौँ उधारो छ, त्यही रकम उठाएर तलबभत्ता खुवाउनुपर्ने हो तर उधारो रकम नउठाएरै कर्मचारी पालिरहेको छ”, राजवश्व परामर्श समितिका सदस्य पूर्णकेशर न्यौपानेले बताउनुभयो । नगरपालिकाको डोजर एउटै व्यक्तिले ४८ घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उधारो सूचीमा देखिएको छ ।

सरकारी डोजर कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनीतिज्ञ, बुद्धिजीवीलगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो । डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही