
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससार आज सुनको मूल्य प्रतितोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। महासंघका अनुससार आज चाँदीको मूल्य प्रतितोलामा २ सय २० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।