८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशकै अन्न भण्डार: बर्दियाका किसानद्वारा मलविना नै रोपाइँ

१२ असार २०७७, शुक्रबार ०३:४६

असार १२, बर्दिया | धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा बर्दियाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । देशकै अन्न भण्डारका रुपमा चिनिने बर्दियामा खेतीका समयमा मलको अभावले किसानले मल प्रयोग नगरी रोपाइँ गर्दैछन् । वर्षा शुरु भएसंगै धान रोपाइँका लागि किसानले  डिएपी, पोटास र युरिया मलको खोजीमा भौतारिए पनि पाउन सकेका छैनन् । 

कोभिड –१९ का कारण भएको लामो बन्दाबन्दीले विभिन्न समस्या खेपेका किसान रासायनिक मलको अभावमा चिन्तित बनेका छन् । धानको बीउ राखेर मलको खोजीमा  स्थानीय कृषि सहकारी, एग्रोभेटलगायत मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाए पनि पाउन नसकेको कृषकको गुनासो छ ।  गुलरिया नगरपालिका –२ का कृषक कृष्णप्रसााद आचार्यले मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाउँदा पनि खाली हात फर्कनुपरेको गुनासो पोख्नुभयो । उहाँका अनुसार उत्पादन वृद्धिका लागि रासायनिक मल अत्यावश्यक छ ।  रासायनिक मल पाउन सहज छैन । पाइहाले पनि किसान महँगोमा किन्न बाध्य छन् । 

राजापुर नगरपालिकाका ताराप्रसाद चौधरीले धेरै ठाउँ दौडधुप गरेपछि पाएको थोरै मल पनि महँगो मूल्यमा खरिद गर्नुपरेको गुनासो गर्नुभयो ।  जिल्लाका आठ पालिकामध्ये राजापुर र गेरुवा गाउँपालिकामा यतिखेर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । राजापुर क्षेत्रमा सिँचाइको सहजता रहेका कारण अन्यत्रको भन्दा चाँडै रोपाइँ हुने गर्छ । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा यस क्षेत्रका अधिकांश किसानले मलविनै रोपाइँ गरिरहेका छन् । 

राजापुरका प्रमुख शिवप्रसाद थारुले राजापुर क्षेत्रमा किसानले जेठ महिनामै धान रोपाइँ शुरु गरेर अहिलेसम्म लगभग सकिने बेला भए पनि आवश्यकतानुसार रासायनिक मल नपाउँदा समस्या देखिएको बताउनुभयो । पर्याप्त मात्रामा किसानलाई मल उपलब्ध गराउन कृषि सामग्री संस्थान र अन्य निकायसँग छलफल चलाइरहेको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

यहाँ हरेक वर्ष करीब ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यसका लागि वार्षिक करीब १२ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ । हालसम्म युुरिया तीन हजार मेट्रिक टन, डिएपी दुई हजार आठ सय मेट्रिक टन र  पोटास ३४ मेट्रिक टन आएको छ । थोरै मात्र मल आउँदा आवश्यकतानुसार किसानलाई पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड गुलरियाका प्रमुख मोहनसिंह केसीले बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण मल ल्याउन समस्या भएको र केही मल आउँदै गरेको बताउँदै बन्दाबन्दीको यही स्थिति रहिरहे मल आइपुग्न अझै समय लाग्ने स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता