२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशकै अन्न भण्डार: बर्दियाका किसानद्वारा मलविना नै रोपाइँ

२०७७, १२ असार शुक्रबार ०३:४६

असार १२, बर्दिया | धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा बर्दियाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । देशकै अन्न भण्डारका रुपमा चिनिने बर्दियामा खेतीका समयमा मलको अभावले किसानले मल प्रयोग नगरी रोपाइँ गर्दैछन् । वर्षा शुरु भएसंगै धान रोपाइँका लागि किसानले  डिएपी, पोटास र युरिया मलको खोजीमा भौतारिए पनि पाउन सकेका छैनन् । 

कोभिड –१९ का कारण भएको लामो बन्दाबन्दीले विभिन्न समस्या खेपेका किसान रासायनिक मलको अभावमा चिन्तित बनेका छन् । धानको बीउ राखेर मलको खोजीमा  स्थानीय कृषि सहकारी, एग्रोभेटलगायत मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाए पनि पाउन नसकेको कृषकको गुनासो छ ।  गुलरिया नगरपालिका –२ का कृषक कृष्णप्रसााद आचार्यले मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाउँदा पनि खाली हात फर्कनुपरेको गुनासो पोख्नुभयो । उहाँका अनुसार उत्पादन वृद्धिका लागि रासायनिक मल अत्यावश्यक छ ।  रासायनिक मल पाउन सहज छैन । पाइहाले पनि किसान महँगोमा किन्न बाध्य छन् । 

राजापुर नगरपालिकाका ताराप्रसाद चौधरीले धेरै ठाउँ दौडधुप गरेपछि पाएको थोरै मल पनि महँगो मूल्यमा खरिद गर्नुपरेको गुनासो गर्नुभयो ।  जिल्लाका आठ पालिकामध्ये राजापुर र गेरुवा गाउँपालिकामा यतिखेर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । राजापुर क्षेत्रमा सिँचाइको सहजता रहेका कारण अन्यत्रको भन्दा चाँडै रोपाइँ हुने गर्छ । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा यस क्षेत्रका अधिकांश किसानले मलविनै रोपाइँ गरिरहेका छन् । 

राजापुरका प्रमुख शिवप्रसाद थारुले राजापुर क्षेत्रमा किसानले जेठ महिनामै धान रोपाइँ शुरु गरेर अहिलेसम्म लगभग सकिने बेला भए पनि आवश्यकतानुसार रासायनिक मल नपाउँदा समस्या देखिएको बताउनुभयो । पर्याप्त मात्रामा किसानलाई मल उपलब्ध गराउन कृषि सामग्री संस्थान र अन्य निकायसँग छलफल चलाइरहेको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

यहाँ हरेक वर्ष करीब ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यसका लागि वार्षिक करीब १२ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ । हालसम्म युुरिया तीन हजार मेट्रिक टन, डिएपी दुई हजार आठ सय मेट्रिक टन र  पोटास ३४ मेट्रिक टन आएको छ । थोरै मात्र मल आउँदा आवश्यकतानुसार किसानलाई पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड गुलरियाका प्रमुख मोहनसिंह केसीले बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण मल ल्याउन समस्या भएको र केही मल आउँदै गरेको बताउँदै बन्दाबन्दीको यही स्थिति रहिरहे मल आइपुग्न अझै समय लाग्ने स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश