८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्य कम्पनीबाट सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु

१७ असार २०७७, बुधबार ०६:१९

असार १७, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ । मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै कम्पनीले निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर खाद्य पदार्थ निःशुल्क रुपमा (डेलिभरी चार्ज नलिई) होम डेलिभरी गर्दै आएको छ ।

काठमाडौँपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन बिक्रीवितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले जानकारी दिनुभयो । “शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौँ, उपभोक्ताको मागअनुसार अन्य सामग्री विस्तार थप गर्दै जानेछौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मङ्गलबार चार अर्डर आएको र डेलिभरीसमेत गरिसकिएको छ । “पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्र र विस्तारै जिल्लाभर सेवा सञ्चालनको योजना रहेको छ”, उहाँले भन्नुभयो, “कम्पनीको आफ्नै गाडीमा डेलिभरी शुल्क नलिई सेवा प्रवाह गर्नेछौँ ।”

कम्पनीले काठमाडौँ उपत्यकाभित्र तीन प्रकारका चामल (रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल), कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डिडिसीको शुद्ध घ्यु, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था  छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता