८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा तयार

१७ असार २०७७, बुधबार ०७:१५

असार १७, पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

महानगरपालिकाले पर्यटन क्षेत्रका लागि रु दुई करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रुपमा अगाडि बढाउने तयारी गरेको छ । स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिकस्थल निर्माण गर्नेछ । सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ ।

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता