८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई गरगहना परीक्षण तालीम

१७ असार २०७७, बुधबार ०७:२३

असार १७, काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ । भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन् । यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ ।

सो अवसरमा प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासङ्घले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकामा खुशी व्यक्त गर्दै यसले सरकार र महासङ्घबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात–निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता