८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

१७ असार २०७७, बुधबार १४:२६

असार १७, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । 

“कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,” अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसङ्घले घोर भत्र्सना गरेको छ । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताउनुभयो । सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसङ्घले कडा आन्दोलन गर्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता