९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार कार्यालय सिरहाद्वारा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

१८ असार २०७७, बिहीबार ०८:१५

असार १८, लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ । 

चालू आव २०७६/७७ मा रु चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो ।  लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो । 

खेलाडीलाई खेलकूद सामग्री वितरण

प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गर्नुभएको छ । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिनुभयो । संसदीय कोषको रु नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता