२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार कार्यालय सिरहाद्वारा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

२०७७, १८ असार बिहीबार ०८:१५

असार १८, लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ । 

चालू आव २०७६/७७ मा रु चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो ।  लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो । 

खेलाडीलाई खेलकूद सामग्री वितरण

प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गर्नुभएको छ । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिनुभयो । संसदीय कोषको रु नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने