९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशुपालन कार्यक्रमका लागि एक करोड ४६ लाख

१९ असार २०७७, शुक्रबार ०४:५३

असार १९, पोखरा। पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

शुद्ध नश्ल बोयर बोका र बङ्गुरका पाठापाठी तथा नेपियर घाँस किसानलाई निःशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । पशु सेवा केन्द्रमार्फत पशुको निःशुल्क औषधि वितरण कार्यलाई निरन्तर दिन बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । छाडा चौपाया नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

भूमि बैंकको स्थापनालगायत कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले सङ्घीय अनुदानबाट रु एक करोड ३३ लाख र आन्तरिक स्रोतबाट रु एक करोड ४६ लाख गरी तीन करोड ८९ लाख विनियोजन गरेको छ । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने बताउँदै उपप्रमुख गुरुङले मेयर प्रविधिमैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिन बजेट व्यवस्था गरिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता